समाचार ः
समाचारको कुनै एउटै ठोस र बैज्ञानिक परिभाषा छैन । तर पनि केही लेखकहरुले समाचारको परिभाषा विभिन्न तरिकाले दिएकाछन् । कुनै पनि घटना जसमा मानिसको चा“सो हुन्छ, त्यो समाचार हो । तर यसो भनेर कसैको घरमा कोही विरामी परेमा त्यो घरका वा छिमेकी र आफन्तलाई मात्र चा“सो हुन्छ । यसमा अन्य मानिसको चा“सो हुदैन । बृहत पाठकको चा“सो नभए सम्म त्यो समाचार हुन सक्दैन । पाठकले जुन घटना वा विषयको वारेमा जान्न चाहन्छन् त्यो समाचार हो । चिल्टन ब्रुशले ‘समाचार सामान्यत ः उत्तेजक सूचना हो, जसवाट कोही व्यक्ति संतोष अथवा उत्तेजना प्राप्त गर्दछ ।’ अनेक व्यक्तिको अभिरुची जुन सामुहिक कुरामा हुन्छ त्यो समाचार हो ।