समाचारका केही थप परिभाषा
० हिजोसम्म नजानेका कुरा नै समाचार हो ।
— टर्नर कलिज
० समाचार आश्चर्यमय ज्ञान हो , अप्रत्यासित घटनावारेको जानकारी हो ।
— लर्ड नर्थ क्लिफ
० सामयिक अभिरुचिका विषयको जानकारी नै समाचार हो ।
— जे. मुरे
० समाचार भनेको जनता हो ।
— ह्यारोल्ड एभन्स
० सरकारको उत्थान र पतन , लडाईहरु , शान्तिपूर्ण अन्तराष्ट्यि सम्बन्धका कथाहरु , प्रसिद्ध मानिसहरुको काम , हिडडुलका प्रसंग र भावनाहरु, मानव निर्मित उपद्रव समाचार भनेका यी र यस्तै अन्य कुराहरु ह्ुन् ।
— रोयटर
० समाचार भनेको कुनै महत्वपूर्ण र हालै भएको घटना बारेको त्यस्तो सूचना हो जसले स्रोताहरुलाई असर पार्दछ र जुन कुरा तिनिहरुका लागि रुचिकर पनि हुने गर्दछ ।
— पपडी मेंसनियर
० हिजो सम्म कसैलाई थाहा नभएको , जुन पाठकलाई रुचिकर लाग्छ र भोलीको इतिहास बन्न सक्ने घटना अवस्था र स्थानमा आउने परिवर्तन विचार र अवस्थाको सामाजिक र तत्वपूर्ण प्रतिवेदन सवै समाचार हुन् ।
— नील ओ ब्राउन
० कुकुरले मान्छे टोक्यो भने समाचार हुदैन । तर जव मान्छेले कुकुरलाई टोक्छ तब त्यो समाचार हुन पुग्दछ ।
— चाल्र्स एण्डर्सन
० कुनै त्यस्तो सामयिक घट्नाको विवरवण जसलाई समाचारपत्रको सम्पादक विभागका सम्पादनकर्मीले छाप्न योग्य छ भनेर चयन गरेर छाप्दछ किन कि त्यस्तो विवरण पाठकलाई रुचिकर र महत्वपूर्ण हुन्छ अथवा त्यसलाई त्यस्तो बनाईएको हुन्छ ।
— विलियम जी ब्लेयर
० कतै कसैले कुनै सूचना लुकाउन खोज्यो भने त्यो सूचना चा“ही समाचार हो , बा“की सबै कुरा विज्ञापन हो ।
— विलियम राण्डोल्फ
० कहीं भूईचालो गयो , आगलागि भयो , पैरो गयो , बाढी आयो , महामारी चम्कियो , मानिस सोत्राम्मे भए , बस्तुभाउ रोगाए , जंगलमा डढेलो लाग्यो , बाघले दुख दियो , भालुले चिथोर्यो , बम पडकियो अथवा कसैले कसैलाई गोली हान्यो सबै समाचार हो । सार्वजनिक हितका निम्ति कसैले जग्गा घर अथवा रुपैया दान दियो अथवा कसैले त्यसरी दान दिएको वस्तु स्वयं पचायो , सबैको समाचार बन्न सक्छ ।
— रामराज पौड्याल –(पत्रकारिता हाते किताव )